नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध मुद्दा दायर

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
२७ करोड ८१ लाख बिगो दाबीसहित सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । ३० जना प्रतिवादीविरुद्ध ठगी, संगठित तथा राज्यविरुद्धको अपराध र किर्तेसम्बन्धी अभियोग लगाइएको छ ।
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १६ जना प्रहरी नियन्त्रणमा छन् । यस प्रकरणमा जोडिएका दर्जन बढी आरोपित अझै फरार छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १६:५६