भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं— सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जावलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १६:२१