प्रहरीद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको भूमिका शंकास्पदसम्बन्धी समाचारको खण्डन

काठमाडौं— नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको नाम मुछिएको समाचारको खण्डन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बुधबार एक विज्ञप्ति जारी गर्दै सो प्रकरणमा आईजीपीकै भूमिका शंकास्पद भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक वसन्त कुँवरको भूमिका शंकास्पद भएको भन्दै विभिन्न सञ्चार माध्यममा खबर प्रकाशित भएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १७:२२