चलचित्र टुल्की शुक्रबारबाट प्रदर्शन हुने

काठमाडौं— द ग्रुप प्रालीको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय रहेको छ ।
लक्ष्मण सुनारको कथा र देवजंग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको ‘टुल्की’मा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । झन्डै चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माणपक्षको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १७:५०