सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ सोमबार, असार ११, २०८०

नेपाली शान्ति सैनिकको सङ्ख्या १० हजार पुर्याउने रक्षामन्त्रीको प्रतिबद्धता सोमबार, असार ११, २०८० सोमबार बजेटबारे मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले सेनाको उपल्लो दर्जालाई समेत समेट्ने गरी शान्ति सेनामा नेपाली सेनाको सङ्ख्यालाई ६ हजारबाट बढाएर १० हजार पुर्याइने जानकारी दिए ।

नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन सोमबार, असार ११, २०८० हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो ।
जलहरी प्रकरण : अख्तियारको अनुसन्धानमाथि नै सांसदको शङ्का सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा उनले उजुरी परेको २ वर्ष पछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको कुरा अख्तियारले ढिला किन गर्यो भन्ने कुराको छानबिनका लागि सो माग गरेका हुन् ।

बजेटको अभावमा सेनाले जिम्मेवारी पाएको सडक निर्माण कार्य समयमै सम्पन्न भएन : उपप्रधानमन्त्री खड्का सोमबार, असार ११, २०८० उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन् ।

मणिपुर हिंसात्मक द्वन्द्वमा १३१ जनाको मृत्यु, हजारौँ विस्थापित सोमबार, असार ११, २०८० भारतको उत्तरी मणिपुर राज्यमा ५४ दिनदेखि जारी हिंसात्मक द्वन्द्वमा एक सय ३१ जनाको मृत्यु भएको छ । मणिपुरको मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक द्वन्द्वमा चार सय जनाभन्दा बढी घाइते भएका छन् । यस्तै, ५० हजार मानिसले आफ्नो घर छाडेका छन् ।

नेपाली सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए ।

बाढीका कारण भत्किएका पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण सोमबार, असार ११, २०८० सांसद दिलेन्द्र बडुले दार्चुला जिल्लामा वषौँदेखि अलपत्र पुलका कारण जनताले भोग्नु परेको पीडाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारलाई सांसद पन्तको प्रश्न : दलितले समान अधिकार कहिले पाउने ? सोमबार, असार ११, २०८० ‘आज प्रश्न उठेको छ दलितले समान अधिकार कहिले पाउने ? त्रेता युगदेखि यो युगसम्म दलितहरू पीडित, मारिएको र दमनमा परेकोपर्यै छन्। अहिले हामीले न्यायपूर्ण व्यवस्था अपनाएका छौँ, सबैलाई समान र बराबरी अधिकार संविधानतः दिएका छौँ भनेर गर्व गर्न सुहाएन ।’

सर्पलाई घाँटीमा बेरेपछि... सोमबार, असार ११, २०८० आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ ।

दार्चुलामा वडाध्यक्षको निधन सोमबार, असार ११, २०८० दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो ।

पशुपति जलहरी प्रकरणको यथार्थ जानकारी गराउन सांसद पौडेलको माग सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सम्बन्धित निकायले मन्दिरको सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका हुन् ।

लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन : तोसिमा कार्की सोमबार, असार ११, २०८० सोमबार प्रतिनधि सभा बैठकको शून्य समयमा सांसद कार्कीले लागूऔषध प्रयोगकर्तालाई अपराध मानिहाल्न नहुने बताइन् ।









