News Griha :: न्यूजगृह
लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन : तोसिमा कार्की 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्लिे हेर्न नमिल्ने बताएकी छन् । 

सोमबार प्रतिनधि सभा बैठकको शून्य समयमा सांसद कार्कीले लागूऔषध प्रयोगकर्तालाई अपराध मानिहाल्न नहुने बताइन् । 

उनले भनिन्, ‘हाम्रो मुख्य समस्या भनेकै लागूपदार्थ प्रयोगकर्तालाई मनोसामाजिक समस्याभन्दा पनि अपराध मान्नु हो । आजसम्म पनि सुधारगृहहरू गृह मन्त्रालयअन्तर्गत रहेका छन् । अपराधी सरह व्यवहार गर्ने हो भने यो समस्या बढिरहन्छ । लागूऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्लिे हेर्न मिल्दैन । सुधारगृहलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याउन जरुरी छ र बजेटमा पनि समावेश गरिनुपर्छ ।’ 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:१०
Weather Update