पशुपति जलहरी प्रकरणको यथार्थ जानकारी गराउन सांसद पौडेलको माग

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भगृहको जलहरी प्रकरणको सत्यतथ्य कुरा संसद्मा जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सम्बन्धित निकायले मन्दिरको सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका हुन् ।
उनले भने, ‘पशुपतिनाथ मन्दिरमा परिसरको गर्भगृहको जलहरीको बारेमा देशका प्रमुख मिडियामा प्रश्न उठेको छ । भएको के हो त्यहाँ ? पशुपतिनाथ क्षेत्र विकास कोेष, प्रहरी सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघलगायत सम्बन्धित निकायले सुनको खोजी गरी जोख्दै हुनुन्छ, सुनेका छौँ । ट्रकमा ल्याउने सामान हो र जोख्न ? कति सुन हराएको हो ? कति बाँकी छ ? यो कुरा सत्यतथ्य जानकारी सम्बन्धित निकायलाई गराउन अनुरोध गर्छु ।’
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १२:१७