News Griha :: न्यूजगृह
नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि
नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि आइतबार ६२.२१ अङ्कले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अङ्कले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अङ्कले बढेको छ । 
प्रधानमन्त्रीको दाबी : पाँच वर्षसम्म यही गठबन्धन रहन्छ
प्रधानमन्त्रीको दाबी : पाँच वर्षसम्म यही गठबन्धन रहन्छ ‘अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हल्ला चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’
असारभित्रै बूढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बूढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । 
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे
आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । 
बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती
बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती ‘धरै योजनाहरू अटाउनै सकिएन । सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रूपमा बजेट असन्तुलन हुन गएको छ । त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थी छु,’ उनले भने । 
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्त्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्त्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । 
नेपालीहरूले कोरियाबाट फर्केपछि घर–गाडीमा गरेको लगानीप्रति कोरियाली राजदूतद्वारा चिन्ता व्यक्त 
नेपालीहरूले कोरियाबाट फर्केपछि घर–गाडीमा गरेको लगानीप्रति कोरियाली राजदूतद्वारा चिन्ता व्यक्त  नेपालीहरू स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई  पनि फाइदा हुनसक्नेमा जोड दिए । 
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रन्या कार्कीविरुद्ध उजरी दिएका न्यायाधीश भट्टराईले दिए राजीनामा
प्रन्या कार्कीविरुद्ध उजरी दिएका न्यायाधीश भट्टराईले दिए राजीनामा आफैँले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको र प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै उनले राजीनामा दिएका हुन् । 
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताएका छन् । 
Weather Update