News Griha :: न्यूजगृह
नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि

काठमाडौं— साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । 

आइतबार ६२.२१ अङ्कले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अङ्कले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अङ्कले बढेको छ । 

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ । करिब १ अर्ब बढीले गिरावट आएको हो । आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । 

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत्, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार  उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक ११.६९ अङ्कले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, विपीओ वित्तीय संस्थालगायत अन्य सातवटा कम्पनीको ९.९९ ले प्रतिशतले बढेको छ । तर, सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ । 

सोमबारको कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:४९
Weather Update