News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाबी : पाँच वर्षसम्म यही गठबन्धन रहन्छ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी गरेका छन् । 

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको सोमबार भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले यो सरकारको आयु कति ? भनेर मिडियामा हल्ला चल्ने गरेको छ । पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’

प्रधानमन्त्री प्रचण्डले १८औँ शताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि आफ्नो ध्यान राम्रो गर्दै जानेतर्फ रहेको स्पष्ट पारे । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ छ । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:३९
Weather Update