News Griha :: न्यूजगृह
बालेनविरुद्धको मुद्दा आज पनि  हेर्न भ्याइएन

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको हो । सामाजिक सञ्जालमार्फत बालेनले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । 

उक्त निवेदनमाथि सुनुवाइका लागि आइतबार पनि पेशी तोकिएको थियो । आइतबार पनि पेशी न्यायाधीश ढुङ्गानाकै इजलासमा थियो ।  तर न्यायाधीशले मुद्दा हेर्न भ्याएनन् । 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:०१
Weather Update