News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए । 

चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:५३
Weather Update