News Griha :: न्यूजगृह
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

सदस्यसचिव रहँदा उनले १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ। 

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:३६
Weather Update