News Griha :: न्यूजगृह
बाढीका कारण भत्किएका पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौं— सांसद दिलेन्द्र बडुले दार्चुला जिल्लामा वषौँदेखि अलपत्र पुलका कारण जनताले भोग्नु परेको पीडाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा उनले अहिलेको वर्षाका कारण विभत्स भएका पुलबाट भेल गाँउमा छिरेर यातायात अवरुद्ध भएको भन्दै खोलाहरूमा बेलिब्रिजको व्यवस्था गर्न माग गरेका छन् । 

यस्तै, उनले दार्चुला जिल्लाको उत्तरी भेगमा पर्ने तीन कर्नाटा गत पाँच वर्षदेखि अवरुद्ध भएको हुदाँ व्यापार घाटाको साथै ठूलो संख्यामा रोजगार पनि गुमेको बताए । उनले भने, ‘दार्चुला जिल्लाको उत्तरी भेगमा पर्ने तीन कर्नाटा गत पाँच वर्षदेखि अवरुद्ध भएको कारण व्यापार अवरुद्ध रहेको छ नै ठूलो संख्यामा रोजगार पनि गुमेको अवस्था छ र त्यो नाका खोल्नका लागि प्रभावकारी पहलको लागि सरकारको ध्यााकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:४३
Weather Update