News Griha :: न्यूजगृह
लागूऔषध प्रयोग गर्ने बढे 
लागूऔषध प्रयोग गर्ने बढे  उनीहरूविरुद्ध ३ हजार ७१२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, ५२८ किलो चरेस, १४ किलो ३५० ग्राम हेरोइन, १४ किलो ५६७ ग्राम कोकिन र ३४ किलो २५८ अफिम बरामद भएको थियो ।
आज पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
आज पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि नयाँ आर्थिक वर्ष लागेपछिको लगातार दोस्रो दिन शेयर बजारमा वृद्धि भएको हो । साताको तेस्रो दिन नेप्से परिसुचक २१५४.०७ को विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा सोमबार ४७.०७ अङ्कको उच्च वृद्धि भएको थियो । विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन र हाइड्रोपावरसहितको उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने...
नेपाल एअरलाइन्सको उडान ‘डिले’ भएपछि छानबिन समिति गठन
नेपाल एअरलाइन्सको उडान ‘डिले’ भएपछि छानबिन समिति गठन के—कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सो पत्ता लगाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ । निगमले गत जेठ २९ गतेदेखि क्वालालम्पुर—भैरहवा—काठमाडौं रुटमा उडान सुरु गरेको हो ।
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक 
कांग्रेस महामन्त्री थापाको प्रस्ताव : हरेक दुई महिनामा केन्द्रिय समिति बैठक  उनले नेपाली कांग्रेसका विभिन्न ४८ वटा विभागहरूमा नयाँ विभाग थप्नु आवश्यकता समेत औँल्याए । भाद्र १५ गते सम्ममा सबै विभागको गठन गर्ने र पूर्णता दिइसक्ने र प्रत्येक विभागले कार्यक्षेत्र अन्तर्गत कार्यक्रम बनाई कार्यतालिकासहित वार्षिक योजना भाद्र मसान्त भित्र केन्द्रिय कार्यसमितिमा पेश गर्ने उनको भनाई छ। 
१० हजार डलरसहित एक जना पक्राउ 
१० हजार डलरसहित एक जना पक्राउ  पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद छन्  । उनी नेपाल एअरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुबई जान लागेका थिए । उनको साथबाट एक सय दरका एक सय थान अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।
विदेश भ्रमणमा जानेले अब ५ प्रतिशत कर तिर्नुपर्ने 
विदेश भ्रमणमा जानेले अब ५ प्रतिशत कर तिर्नुपर्ने  प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्नेछ । 
पहिलो पटक लाइभ गरियो कांग्रेस केन्द्रीय समिति बैठक [भिडिओ]
पहिलो पटक लाइभ गरियो कांग्रेस केन्द्रीय समिति बैठक [भिडिओ] ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको बैठक कांग्रेसले आफ्नो आधिकारीक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ गरिएको यो पहिलो पटक हो।
नक्कली नोट र सुनसहित दुई पक्राउ
नक्कली नोट र सुनसहित दुई पक्राउ प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई बसुन्धराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाका ४८ वर्षे दुर्गा बहादुर खत्री क्षेत्री र भारत लखनउका ४५ वर्षे विनयकुमार सिंह रहेको प्रहरीले जनाएको छ। 
पत्नी सीताको मृत्युबारे प्रधानमन्त्री प्रचण्ड : अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण भयो
पत्नी सीताको मृत्युबारे प्रधानमन्त्री प्रचण्ड : अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण भयो कार्यक्रममा सीताको जीवनमा आधारित भिडिओसमेत देखाइको थियो । सो क्रममा कार्यक्रममा सहभागि अधिकांश आखा भिजेका थिए ।
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलको उदयपछि विदेशिने संख्या झनै बढेको बताए ।
चितवन प्रहरीले पक्राउ गर्‍यो ४७५ फरार प्रतिवादी
चितवन प्रहरीले पक्राउ गर्‍यो ४७५ फरार प्रतिवादी अदालतबाट दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको चितवन प्रहरीले जनाएको छ ।
कुकुर पाल्न अनिवार्य दर्ता
कुकुर पाल्न अनिवार्य दर्ता नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो । नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।
Weather Update