News Griha :: न्यूजगृह
लागूऔषध प्रयोग गर्ने बढे 

काठमाडौं— गत आर्थिक वर्ष २०७९/८० मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले ५ हजार ६११ जनालाई पक्राउ गरेको छ ।

LSD 21689675515.jpg

उनीहरूविरुद्ध ३ हजार ७१२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, ५२८ किलो चरेस, १४ किलो ३५० ग्राम हेरोइन, १४ किलो ५६७ ग्राम कोकिन र ३४ किलो २५८ अफिम बरामद भएको थियो ।

Khat1689675515.JPG

त्यस्तै, प्रहरीले  ६२ हजार दुई सय ७९ एम्पुल नियन्त्रित लागूऔषध ब्रुफेन, ६७ हजार ४३४ एम्पुलडाइजेपाम, ३४ हजार ८२९ एम्पुलफेनारगन, एक लाख पाँच हजार ४१४ ट्याबलेट नाइट्राभेट १० हजार ७९७ ट्रमाडोल, ८ हजार ९५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं ५ सय एक किलो खात बरामद गरिएको जोशीले बताए । 

ICE1689675543.JPG

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:०४
Weather Update