News Griha :: न्यूजगृह
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलको उदयपछि विदेशिने संख्या झनै बढेको बताए ।

उनले भनेका छन्, ‘नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयपछि नै विदेशिनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा (एमाले)ले नै लिनुपर्ने हो र ?’

रास्वपाका सभापति रवि लामिछानेले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको पूर्वसङ्घारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:५८
Weather Update