News Griha :: न्यूजगृह
नक्कली नोट र सुनसहित दुई पक्राउ

काठमाडौं— नक्कली मुद्रा र  सुनको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूलाई बसुन्धराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाका ४८ वर्षे दुर्गा बहादुर खत्री क्षेत्री र भारत लखनउका ४५ वर्षे विनयकुमार सिंह रहेको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट २ हजार दरको भारतीय नक्कली नोट ४ थान, १ हजार दरको नेपाली नक्कली नोट ६ थान, ५ सय दरको भारतीय नक्कली नोट ४ थान फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, १ किलो फाइन गोल्ड लेखिएको पहेँलो धातु २ थान, १० ग्राम फाइन गोल्ड ९९९.९ लेखिएको पहेँलो धातुको प्याकेट २ सय थान, १० ग्रामको सोही प्रकृतिको प्याकेट २० थान साथै  सो धातुको टुक्रा राख्न प्रयोग गरिने  प्लास्टिकको पत्ता १ सय थान फेला परेको छ ।

उनीहरूको साथबाट मोटरसाइकल १ थान, लेमिनेसन मेसिन १ थान र मोबाइल २ थानसमेत बरामद भएको छ । 

उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:१८
Weather Update