सामूहिक बलात्कार
सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं— सप्तरीमा नाबालिगमाथि सामूहिक बलात्कार भएको छ ।
कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया नाबालिगमाथि चार जनाले गत शुक्रबार सामूहिक बलात्कार गरेको थिए। । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपका अनुसार पक्राउ पर्नेमा कञ्चनरूप– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।
प्रहरीका अनुसार उनीहरूले पीडित किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेका हुन् । त्यसपछि आइतबार पीडित किशोरीका आफ्न्तले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीका अनुसार मुख्य योजनाकार कैलाश हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १६:१४