चितवन प्रहरीले पक्राउ गर्यो ४७५ फरार प्रतिवादी

चितवन— गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले ४७५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको चितवन प्रहरीले जनाएको छ ।
उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र एक करोड ३० लाख ६७ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १२:५६