News Griha :: न्यूजगृह
१० हजार डलरसहित एक जना पक्राउ 

काठमाडौं—  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद छन्  । उनी नेपाल एअरलाइन्सको उडानमार्फत काठमाडौंदेखि दुबई जान लागेका थिए । उनको साथबाट एक सय दरका एक सय थान अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १४:५२
Weather Update