चिडियाखानामा सटल बस र टाइगर गेट बनाउने चिरिबाबुको प्रतिवद्धता शनिबार, साउन १३, २०८०

स्थानीयले बनाए काठे पुल शनिबार, साउन १३, २०८० गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवतजावत गर्न सक्ने घलेको भनाइ छ । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले...

मादी नदीमा शव फेला शनिबार, साउन १३, २०८० बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनातनका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।

भद्र भलाद्मी बाघ, असुरक्षित ठाने मात्रै आक्रमण गर्छ शनिबार, साउन १३, २०८० लामो समय बाघको संरक्षण र बन्यजन्तुसँग नजिकिएर नियालेका उनले बाघलाई भद्र जनावर बताएका छन् । सबै बाघले आक्रमण गरिनहाल्ने उनको धारणा छ । उनी भन्छन्, ‘मेरो जीवन नै जंगली जनावरसँग रमाउनु हो । मैले कहिल्यै कुनै जनावरलाई जिस्काउँदिन । हुन त म बाघको १० मिटर नजिकसम्म पुगेको छु । साँच्चै...

इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला ! शनिबार, साउन १३, २०८० रामेछापको एक मात्र लाप्चाने इलाका प्रशासन कार्यालयमा ६ वर्षदेखि ताला लागेको छ । दुर्गमका नागरिकलाई सेवा दिन स्थापना गरिएको कार्यालयमा कर्मचारी नजाँदा ६ वर्षदेखि कार्यालय खुलेको छैन । ‘अरूको अनुगमन गर्ने जिल्ला प्रशासन कार्यालय, आफ्नो मातहतको कार्यालय चाहिँ ६ वर्षसम्म ताला लगाएर राख्न मिल्छ ?’, सुनुवारको प्रश्न छ । सो...

आफन्त, नातागोता, ठूला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दैनौँ : गृहमन्त्री श्रेष्ठ शनिबार, साउन १३, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकारलाई रोक्ने काम भइरहेको भन्दै राष्ट्र विकासको बाधको रुपमा रहेको भ्रष्टाचार र कमिसनखोर प्रवृत्तिलाई अन्त्य गर्न डटेर लागेको बताए । यो वा त्यो बहानामा साथीभाइ, राजनीतिक दल, नातासम्बन्ध, ठूला घराना कसैको पनि सरकारले मतलव नगरी भ्रष्टाचारका दोषीलाई कारवाही गर्ने उनको दाबी छ ।

नारा होइन पारा राम्रो हुनुपर्यो: रवि लामिछाने शनिबार, साउन १३, २०८० काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी...

महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन आग्रह शनिबार, साउन १३, २०८० जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ ।

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण : राष्ट्रपति पौडेल शनिबार, साउन १३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

स्कटल्याण्ड र आयरल्याण्डले बनाए टी—२० विश्वकपमा स्थान शनिबार, साउन १३, २०८० घरेलु टोली स्कटल्याण्डले उपाधि जितेको छ । आईसीसी टी–२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई ८ रनले हराउँदै स्कटल्याण्डले उपाधि जितेको हो ।

कालीखोलामा पुनः पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र शनिबार, साउन १३, २०८० नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।

चितवनमा २४ घण्टामा चार जनामा डेंगु संक्रमण शनिबार, साउन १३, २०८०

बाजुरामा बाढीपहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा शनिबार, साउन १३, २०८० हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।









