News Griha :: न्यूजगृह
कालीखोलामा पुनः पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र
फाइल तस्बिर

चितवन— नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो ।

जसका कारण सो सडक भएर गुड्ने सयौं सवारीसाधन र यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०८:५३
Weather Update