News Griha :: न्यूजगृह
मादी नदीमा शव फेला

तनहुँ— व्यास नगरपालिका– १० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ ।

बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।  अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनातनका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ । 

 
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १३:५२
Weather Update