News Griha :: न्यूजगृह
 चितवनमा २४ घण्टामा चार जनामा डेंगु संक्रमण

चितवन— जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगु संक्रमण देखिएको छ ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै चार जनामा डेंगु संक्रमण भेटिएको छ ।

कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगु संक्रमण देखिएको हो ।

संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०८:४०
Weather Update