News Griha :: न्यूजगृह
महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ ।

बिहान साढे ९ बजे महाकाली नदीको जलसतह ५.८७ मापन भएको छ । जलसतहको सतर्कता तह ५.८० मिटर र खतराको तह ७ मिटर कायम गरिएको छ ।

महाकालीमा आज दिनभर जसलसतह सतर्कता तहमै रहने महाशाखाले जानकारी दिएको छ । कमला नदीका साना सहायक नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:५२
Weather Update