उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश शुक्रबार, साउन १९, २०८०

भारतको उत्तराखण्डमा पहिरोमा परी ११ नेपाली बेपत्ता शुक्रबार, साउन १९, २०८० भारतको उत्तराखण्डस्थित केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी ११ जना नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाएको छ ।पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बेपत्ता हुनेहरूमा पातारासी गाउँपालिकाका धेरै रहेकाे बताए ।
राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का शुक्रबार, साउन १९, २०८० उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन् ।

आँखा पाक्ने समस्या देखिएपछि चितवनमा दुई दिन विद्यालय बन्द शुक्रबार, साउन १९, २०८० विद्यालय आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

चामल, दाल र चिनीको आयात घट्यो शुक्रबार, साउन १९, २०८० वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।

जाजरकोटमा जंगली च्याउ खाँदा एकको मृत्यु शुक्रबार, साउन १९, २०८० जंगली च्याउ खाँदा एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।

माग कार्यान्वयनका लागि दबाब सुरु गरेका छौं, बजेट कार्यान्वयन पुस्तिकामा आएन भने आन्दोलन हुन्छ : शान्तिनाथ योगी शुक्रबार, साउन १९, २०८० नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरुसँग सरकारले गरेका सहमति २४ दिन बितिसक्दा पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएको छ ।
‘राज्य सत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ?' शुक्रबार, साउन १९, २०८० राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

दोलखा अपडेट : दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता शुक्रबार, साउन १९, २०८० गए राति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।

माओवादीमा २२ जना महिला केन्द्रीय सदस्य थप शुक्रबार, साउन १९, २०८०

सरकारकै निर्णय कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो शुक्रबार, साउन १९, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरूले गरेका कार्य प्रगतिको समीक्षा गर्दा समस्याका चाङ यथावतै रहेको उनको भनाइ छ ।

लेखा अधिकृत ढकालविरुद्ध मुद्दा दायर, दुई लाख रुपैयाँ घुस लिएको आरोप शुक्रबार, साउन १९, २०८० अनुसन्धानको क्रममा ढकालले विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको हो ।

झापामा कारगारभित्र कैदीबीच झडप हुँदा आगलागी शुक्रबार, साउन १९, २०८० झडपकै क्रममा कारागारभित्र आगलागी भएको प्रहरीले जनाएको हो । आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ ।









