News Griha :: न्यूजगृह
भारतको उत्तराखण्डमा पहिरोमा परी ११ नेपाली बेपत्ता

काठमाडौं— भारतको उत्तराखण्डस्थित केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी ११ जना नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाएको छ ।

जुम्लाकाे पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बेपत्ता हुनेहरूमा पातारासी गाउँपालिकाका धेरै रहेकाे बताए ।

बोहराले भने,‘केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो । विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ ।’

उनका अनुसार सबै विवरण प्राप्त भएपछि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ । उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:१०
Weather Update