News Griha :: न्यूजगृह
जाजरकोटमा जंगली च्याउ खाँदा एकको मृत्यु

जाजरकोट— जंगली च्याउ खाँदा एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको शुक्रबार मृत्यु भएको हो ।

मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमा, छोराले जंगलबार ल्याएको च्याउ खाएका थिए ।

च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

जंगलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:१८
Weather Update