News Griha :: न्यूजगृह
लेखा अधिकृत ढकालविरुद्ध मुद्दा दायर, दुई लाख रुपैयाँ घुस लिएको आरोप

काठमाडौं— मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिन सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ढकाललाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा ढकालले विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको हो ।

उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दुई लाख रुपैयाँ बिगो र ऐनको दफा ३ को उपदफा (१)को (घ) बमोजिम कैद सजाय माग दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:५४
Weather Update