News Griha :: न्यूजगृह
झापामा कारगारभित्र कैदीबीच झडप हुँदा आगलागी

काठमाडौं— झापा कारागारभित्र झडप हुँदा आगलागी भएको छ । कैदीको सरुवा गर्ने विषयमा भद्रपुर कारागारभित्र झडप हुँदा आगलागी भएको हो ।

झडपकै क्रममा कारागारभित्र आगलागी भएको प्रहरीले जनाएको हो । आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको छ ।

कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि दुई तर्फी झडप भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:३८
Weather Update