सय किलो सुन प्रकरण : १७ आरोपितलाई विभागबाट सीआईबीको हिरासतमा ल्याइयो आइतबार, साउन २१, २०८०
चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु, बाघ नियन्त्रण गर्न १५ हात्ती परिचालन आइतबार, साउन २१, २०८० चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् ।
माओवादी नेताले प्रत्येक दिन सामाजिक सञ्जालमा दुई वटा ‘स्टाटस’ लेख्नुपर्ने आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा प्रत्येक दिन दुई वटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ ।

नागढुंगा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने आइतबार, साउन २१, २०८० नागढुंगा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ ।

संसद् अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने आइतबार, साउन २१, २०८० सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् ।

विवादास्पद छविका माओवादी नेता ल्हारक्याललाई लुम्बिनी विकास कोषको जिम्मा आइतबार, साउन २१, २०८० लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन् ।

यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका निर्णयहरू आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंमा पाँच दिनसम्म चलेको बैठकले २५ वटा समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

दिनभरका मुख्य मुख्य समाचार आइतबार, साउन २१, २०८० राजस्व अनुसन्धान विभागले सय किलाे सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ ।

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ आइतबार, साउन २१, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

गाँजा खेती नष्ट गर्न झापाका घरघरमा प्रहरी आइतबार, साउन २१, २०८० बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ ।

मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश आइतबार, साउन २१, २०८० न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । तत्कालीन सरकारको नेतृत्वमा २०६६/६७ सालमा माधव नेपाल र २०६९ सालमा डा.बाबुराम भट्टराई थिए ।

सय किलो सुन तस्करी प्रकरण : राजस्व अनुसन्धान विभागले फाइल प्रहरीलाई बुझाउने आइतबार, साउन २१, २०८० आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी गरेको हाे ।

सेवा सुविधाबारे स्पष्ट नहुँदा शिक्षा विधेयकको विरोध गरेका हौं : विद्यालय कर्मचारी परिषद् आइतबार, साउन २१, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संसदमा टेबुल हुन लागेको संघीय शिक्षा ऐनको विधेयकमा स्पष्टसँग सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा उल्लेख नहुँदा सो विधेयकको विरोध गरेको जनाएका छन् ।









