सय किलो सुन तस्करी प्रकरण : राजस्व अनुसन्धान विभागले फाइल प्रहरीलाई बुझाउने

काठमाडौं— राजस्व अनुसन्धान विभागले सय किलाे सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ ।
आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी गरेको हाे ।
विभागले आइतबारमात्र सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । साउन २ गते विभागले त्रिभुवन विमानस्थलबाहिरबाट सय किलाे सुन बरामद गरेको थियो ।
गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १८:५०