News Griha :: न्यूजगृह
नागढुंगा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रु’ हुने

काठमाडौं— नागढुंगा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ ।

२०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ ।

आज आइतबार दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा.विजय जैसीले बताए ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ ।

दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  २१:१८
Weather Update