ललिता निवास प्रकरण
मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने गरी भएका निर्णयमा संलग्न तत्कालीन मन्त्रिपरिषद्का पदाधिकारीसमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आइतबार सो प्रकरणमा मन्त्रिपरिषदबाट भएका निर्णयमा समेत संलग्नलाई अनुसन्धान गर्न आदेश दिएको हो । तत्कालीन सरकारको नेतृत्वमा २०६६/६७ सालमा माधव नेपाल र २०६९ सालमा डा.बाबुराम भट्टराई थिए ।
यसअघि अख्तियारले मन्त्रिपरिषद्को निर्णयमा आफ्नो क्षेत्राधिकार नरहेको भन्दै २०७६ माघ २२ गते विषेश अदालतमा दायर गरेको मुद्दामा दुवै पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको थियो ।





प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १९:०१













