News Griha :: न्यूजगृह
फूल बिक्री नभएपछि..
फूल बिक्री नभएपछि..
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान
विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान कोहलीले आईसीसी एक दिवसीय विश्वकपअन्तर्गत बुधबार खेलिएको न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा सचिनको कीर्तिमान तोडेका हुन् । विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यालाई उछिनेका हुन् ।
अञ्जली दिदीले लगाइदिइन् २०० जनालाई भाइटीका
अञ्जली दिदीले लगाइदिइन् २०० जनालाई भाइटीका २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार करिब दुई सय जना दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिइन् ।
‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा
‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका छन् । चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो ।
विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै
विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध भारत ब्याटिङ गर्दै मुम्बईको वांखेडे रङ्गशालामा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । सेमिफाइनल खेलका लागि भारत र न्युजिल्यान्ड दुवैले टिमका केही परिवर्तन गरेका छैनन् ।
लगाइयो शुभ साइतको भाइटीका
लगाइयो शुभ साइतको भाइटीका नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधबार शुभ साइतको भाइटीका लगाइएको छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका हुन् ।
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका
राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।
बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो
बालगोपालेश्वरमा भाइटीका लगाउनेहरूको घुइँचो काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने र लगाइदिने क्रम जारी छ । दिदीबहिनी नभएकाहरू बालगोपालेश्वर मन्दिरमा पूजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । मन्दिरमा पूजा गर्ने र टीकाको व्यवस्थापन काठमाडौं महानगरपालिकाले मिलाएको छ ।
चार देशीय महिला क्रिकेटमा नेपाल तान्जानियासँग पराजित 
चार देशीय महिला क्रिकेटमा नेपाल तान्जानियासँग पराजित  हङकङमा चलिरहेको चार देशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको छ । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अङ्कको रन...
बोरा गोदाममा आगलागी, ४० लाखको क्षति
बोरा गोदाममा आगलागी, ४० लाखको क्षति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो बुधबार बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।
महिला टी-२० सिरिजः तान्जानियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने 
महिला टी-२० सिरिजः तान्जानियालाई हराउन नेपालले ११६ रन बनाउनु पर्ने  टस जितेर पहिले ब्याटिङको निर्णय लिएको तान्जानियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।  नेपालकी बलर संगीता राईले दुई तथा कप्तान इन्दु बर्मा, पूजा महतो र पूर्वकप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए । तान्जानियाको पहिलो विकेट नेपाली टोलीकी निवर्तमान कप्तान रुविना क्षेत्रीले लिएकी थिइन् । 
Weather Update