News Griha :: न्यूजगृह
अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत स्तब्ध
अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि, भारत स्तब्ध अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो ।अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि  ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुशेनसँग १९२ रनको साझेदारी गरे ।
मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ । 
विद्यार्थी बोकेको बस दुर्घटना  : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते [अपडेट]
विद्यार्थी बोकेको बस दुर्घटना  : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते [अपडेट] बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते छन् । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ । उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो ।
अवैध हतियार बरामद गर्न गएको प्रहरीमाथि ढुङ्गामुढा, केही सुरक्षाकर्मी घाइते 
अवैध हतियार बरामद गर्न गएको प्रहरीमाथि ढुङ्गामुढा, केही सुरक्षाकर्मी घाइते  अवैध हतियार बरामद गरी मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–३ स्थित मल्हेनिया टोलमा स्थानीयले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट सशस्त्रको गाडीमा क्षति पुगेको छ । ढुङ्गाले लागेर केही सुरक्षाकर्मी घाइते समेत भएका छन् ।
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो ।
विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको चुनौती
विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको चुनौती भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलियालाई भारतले २४१ रनको चुनौती दिएको छ । टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा पूरै विकेट गुमाउँदै २४० रन बनाएको हो ।
इलाममा बस दुर्घटना, बालकको मृत्यु
इलाममा बस दुर्घटना, बालकको मृत्यु जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार दुर्घटनामा अन्दाजी ९/१० वर्षको बच्चाको मृत्यु भएको छ । उनका अनुसार धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु घर नजिकै जंगलको बाटोमा बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेपछि राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारको मृत्यु भएको हो । 
रौतहटबाट अत्याधुनिक हतियार बरामद
रौतहटबाट अत्याधुनिक हतियार बरामद रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
छठ पर्व : राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
छठ पर्व : राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् ।
Weather Update