इलाममा बस दुर्घटना, बालकको मृत्यु

काठमाडौं— इलामको रोङ गाउँपालिकाको किटानीमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा एक बालकको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार दुर्घटनामा अन्दाजी ९/१० वर्षको बच्चाको मृत्यु भएको छ । उनका अनुसार धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो ।
बाँकी २७ जनाको उद्धार भइसकेको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १७:५५