News Griha :: न्यूजगृह
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ केन्द्रबिन्दु भएर भूकम्प सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
हमासले नेपालीलाई बन्धक बनाएको भिडिओ सार्वजनिक [भिडिओसहित]
हमासले नेपालीलाई बन्धक बनाएको भिडिओ सार्वजनिक [भिडिओसहित] इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओ गाजाको अल सिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक सञ्जालमा एक्समा भिडिओ शेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाइ नागरिक हुन् ।
कांग्रेस पदाधिकारी बैठक जारी
कांग्रेस पदाधिकारी बैठक जारी सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्या लगायत विभिन्न विषयमा छलफल हुँदैछ । 
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरिदै, दुर्गा प्रसाईंको प्रदर्शनस्थल अनिश्चित
माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरिदै, दुर्गा प्रसाईंको प्रदर्शनस्थल अनिश्चित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो । पछि त्यसविरुद्ध परेको रिटमा आदेश गर्दै सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको थियो। अहिले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि माइतीघर...
बढ्यो युरो र पाउण्डको मूल्य, अरुको के छ?   
बढ्यो युरो र पाउण्डको मूल्य, अरुको के छ?    जसअनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । 
मदन पुरस्कार विजेता ओझालाई सम्मान
मदन पुरस्कार विजेता ओझालाई सम्मान २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले सम्मान गरेका हुन् । 
रुकुम पश्चिममा जीप दुर्घटना
रुकुम पश्चिममा जीप दुर्घटना खोलागाउँदेखि सदरमुकाम मुसीकोट जाँदै गरेको लु १ ज २२९७ नम्बरकाे जीप सोमबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा २२ यात्रु घाइते छन । घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा पुर्‍याइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । 
सस्तियो हरियो तरकारीको भाउ [सूचीसहित]
सस्तियो हरियो तरकारीको भाउ [सूचीसहित] निर्धारित बजार थोक मूल्य अघिल्लो साताको तुलनामा झन्डै आधा हो । समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २० रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, सेतो आलु  ३५ रुपैयाँ, प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ । 
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबार सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
इलाम बस दुर्घटना : थप एकको मृत्यु [अपडेट]
इलाम बस दुर्घटना : थप एकको मृत्यु [अपडेट] शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।
हमास समूहको कब्जामा रहेका विपिन जोशी गाजामा सुरक्षित
हमास समूहको कब्जामा रहेका विपिन जोशी गाजामा सुरक्षित गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० देखि उनी हमास समूहको कब्जामा छन् ।  इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई गरेको हो ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।  
Weather Update