बझाङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं— पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।
सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
आइतबार पनि रुकुमको हुकाम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० १२:१९