रुकुम पश्चिममा जीप दुर्घटना

काठमाडौं— रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक जीप दुर्घटना भएको छ ।
खोलागाउँदेखि सदरमुकाम मुसीकोट जाँदै गरेको लु १ ज २२९७ नम्बरकाे जीप सोमबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा २२ यात्रु घाइते छन । घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा पुर्याइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० ०९:३६













