मध्यरातमा बारा प्रहरीले गोली चलायो मंगलबार, मंसिर ५, २०८०

सर्वोच्चको फैसला लत्याउँदै काठमाडौं प्रशासनले तोक्यो निषेधित क्षेत्र मंगलबार, मंसिर ५, २०८० २०७९ साल फागुन १५ गतेको सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले 'स्थान तोकेर आन्दोलन र प्रदर्शन गर/नगर' भन्नु संविधानमै उल्लेख गरिएको मौलिक हक विपरीतको कार्य भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको तत्कालीन आदेशलाई बदर गरिदिएको थियो ।

सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार दिने निर्णय गर्यो तर पीडितले पाएनन् मंगलबार, मंसिर ५, २०८० उक्त रकम पालिकाको खातामा जम्मा हुनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता नम्बर पठाएर निकासा लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि अनुदान दिन कार्यविधि तयार गरेर स्वीकृत गरेर तत्काल यही महिनाभित्र काम पूरा गर्ने लक्ष्य सरकारको छ ।

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन मंगलबार, मंसिर ५, २०८० जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए ।

करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु मंगलबार, मंसिर ५, २०८० मृत्यु हुनेमा मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनार छन् । उनीहरूले पोखरा महानगरपालिका-२९ पटनेरीमा खेतमा पानी लैजाने कुलोबाट करेन्ट लगाएर माछा मार्न खोजेका थिए ।

यमनविरुद्धको खेल हेर्न आउने दर्शकलाई घर पुर्याउन एन्फाको निःशुल्क बस मंगलबार, मंसिर ५, २०८० फिफा विश्वकप एसिया छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपाल आज यमनसँग भिड्दै छ। खेल बेलुका ७ बजेदेखि सुरु हुनेछ ।खेल सक्किएपछि दर्शकहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसमा झर्यो, चिसो बढ्छ? मंगलबार, मंसिर ५, २०८० ५:४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो काठमाडौंको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

दाङमा एकै घरका दाजुभाइ मृत भेटिए मंगलबार, मंसिर ५, २०८० तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल मंगलबार, मंसिर ५, २०८० फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका ७ बजे हुनेछ ।

पर्यटक तान्दै ‘उल्टो घर’ सोमबार, मंसिर ४, २०८० कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ । मोरङको मिक्लाजुङमा अर्को अनौठो जुक्ति अपनाइएको छ ।

निषेधाज्ञापछि युवा संघको प्रदर्शनस्थल परिवर्तन सोमबार, मंसिर ४, २०८० युवा संघले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ ।युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा सोमबार, मंसिर ४, २०८० जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
![सडकमा आश्रितहरूको व्यवस्थापनका लागि संसद्मा विधेयक पेस गर्नेछौः प्रधानमन्त्री [भिडिओ]](https://newsgriha.com/uploads/posts/prachand-1700206437.jpg)
सडकमा आश्रितहरूको व्यवस्थापनका लागि संसद्मा विधेयक पेस गर्नेछौः प्रधानमन्त्री [भिडिओ] सोमबार, मंसिर ४, २०८०









