अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जना पक्राउ बुधबार, मंसिर ६, २०८०
![उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशको सरुवा, को कहाँ? [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/nyayparishad1694774246.jpg)
उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशको सरुवा, को कहाँ? [हेर्नुहोस् सूची] बुधबार, मंसिर ६, २०८० उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाको उच्च अदालत पाटनमा सरुवा गरिएको हो । त्यस्तै, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूलाई उच्च अदालत पोखरा बाग्लुङ इजलासमा सरुवा गरिएको छ । उच्च अदालत तुल्सीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा पुर्याइएको छ ।

यी तीन प्रदेशमा हिमपातको सम्भावना बुधबार, मंसिर ६, २०८० विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
-1700581047.jpg)
घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित मंगलबार, मंसिर ५, २०८० समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन प्रधानमन्त्री, ओली र देउवा सहमत मंगलबार, मंसिर ५, २०८० प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने सहमति भएको छ ।

सुधार देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, मंसिर ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग अर्थतन्त्रका समस्या समाधान बारेको छलफलमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको तथ्याङ्कले सुधारको अवस्थामा देखाए पनि नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका हुन् ।

टिकटक प्रतिबन्ध : सर्वोच्चले दिएन अन्तरिम आदेश मंगलबार, मंसिर ५, २०८० गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो ।

कांग्रेस सांसद शर्मा भन्छन्—‘आधुनिक लुटेराहरू’ले मुलुक चलाइरहेका छन् मंगलबार, मंसिर ५, २०८० मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग दुर्गा प्रसाईँले भने जस्तो व्यवस्था परिवर्तन होइन तर व्यवस्थाभित्र लुटतन्त्र मच्चाएकालाई भने हटाउनु पर्ने बताए ।

दुर्गा प्रसाईंविरूद्ध युवा संघले दियो प्रहरीमा उजुरी मंगलबार, मंसिर ५, २०८० गत कात्तिक २८ गते जनकपुरधामस्थित हिन्दु सम्राट सेनाले आयोजना गरेको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरूद्ध नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले उजुरी दिएको हो ।

ललितपुर प्रशासनले पनि तोक्यो निषेधित क्षेत्र मंगलबार, मंसिर ५, २०८० प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस मंगलबार, मंसिर ५, २०८० मंगलबार बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । न्यायपरिषद स्रोतका अनुसार, कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ ।

नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट मंगलबार, मंसिर ५, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेकोमा सर्वोच्चमा रिट मंगलबार, मंसिर ५, २०८० अधिवक्ता स्वागत नेपालले बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।









