News Griha :: न्यूजगृह
सप्तरी कारागारमा कैदीको मृत्यु  
सप्तरी कारागारमा कैदीको मृत्यु   कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका राजविराज १५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागार प्रमुख सदानन्द दासले जानकारी दिए । मंगलबार बिहान खाना खाएर शौचालय गएका उनी निस्केपछि लडेका थिए ।
चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात
चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो । 
सङ्क्रमणकालीन न्याय छिटो टुङ्गोमा पुर्‍याई पीडितलाई न्याय देऊः मानव अधिकार आयोग 
सङ्क्रमणकालीन न्याय छिटो टुङ्गोमा पुर्‍याई पीडितलाई न्याय देऊः मानव अधिकार आयोग  नेपाल सरकार तथा तत्कालीन नेकपा माओवादीबीच २०६३ मङ्सिर ५ गते  विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतापछि नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व औपचारिक रुपमा अन्त्य भएको थियो ।  शान्ति सम्झौताको १७ वर्ष पूरा भएपनि पीडितले अझैसम्म न्याय पाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।
अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बिदा हुँदै, निर्वाचन माघमा 
अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बिदा हुँदै, निर्वाचन माघमा  द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । 
बीबीसीको प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्साना कपाली
बीबीसीको प्रभावशाली ‘सय महिला-२०२३’ को सूचीमा नेपालकी रुक्साना कपाली बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् ।  सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन् ।
८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न बाबुराम तयार, पार्टी एकता हुँदै
८ वर्षपछि फेरि प्रचण्डसँगै सहकार्य गर्न बाबुराम तयार, पार्टी एकता हुँदै नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अगाडि बढेको छ । बाबुराम भट्टराई फेरि माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका हुन् ।  
उर्लाबारी आगलागी : उपचारको क्रममा एक जनाको मृत्यु
उर्लाबारी आगलागी : उपचारको क्रममा एक जनाको मृत्यु गत कार्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी भएको आगलागीमा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मानव सेवा नै सर्वोत्कृष्ट धर्म
मानव सेवा नै सर्वोत्कृष्ट धर्म सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ । तर, यो संसारमा जन्म लिइसकेपछि ऊ आफ्नो वरिपरिको वातावरण, जातीय रीतिरिवाज, संस्कृति आदि कुराले प्रभावित हुन्छ कि उसले मानवताको त्यो महान् लक्ष्य...
दुर्गा प्रसाईंको प्रदर्शन बल्खुमा 
दुर्गा प्रसाईंको प्रदर्शन बल्खुमा  मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।
चलचित्र ’रङ्गेली’को पोस्टर सार्वजनिक
चलचित्र ’रङ्गेली’को पोस्टर सार्वजनिक सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
रसुवागढी नाकाबाट १२ तोला सुनसहित ३ जना पक्राउ
रसुवागढी नाकाबाट १२ तोला सुनसहित ३ जना पक्राउ पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका–५ का २९ वर्षीय सुरेश तामाङ, ३७ वर्षीय निमा टासी तामाङ र गोसाइँकुण्ड गाउँपालिका– ३ का २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।
भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु 
भूकम्प : चिसोबाट जाजरकोटमा एक महिने शिशुको मृत्यु  भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरूताको चिसोले मृत्यु भएको हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
Weather Update