News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
चलचित्र ’रङ्गेली’को पोस्टर सार्वजनिक

काठमाडौं— फागुन २५ गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकामा देखिएकी छन् ।

मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टीमले आज सार्वजनिक गरेको छ ।

’रङ्गेली’निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरेका छन् ।

सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् ।

चलचित्र अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न देशमा एकसाथ रिलिज गरिने छ।

 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  ११:२७
sagarmatha cementsagarmatha cement
Weather Update