News Griha :: न्यूजगृह
फोहोर बाट मल र ग्यास उत्पादन गर्दै धनगढी उपमहानगर 
फोहोर बाट मल र ग्यास उत्पादन गर्दै धनगढी उपमहानगर  धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा  सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड निकासा गरेको छ ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुम पश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो ।
युवा संघ र दुर्गा प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्न नपाउने
युवा संघ र दुर्गा प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्न नपाउने  जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुवै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले जानकारी दिए ।
झिनो अङ्कले बढ्यो नेप्से परिसूचक
झिनो अङ्कले बढ्यो नेप्से परिसूचक सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ । आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा एक अर्ब नौ करोड...
२ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ
२ किलो कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ कतारबाट नेपाल आएर भुटान जान लागेकी भारतकी ३२ वर्षीया किमरो साँगीलाई लागूऔषध नियन्त्रण ब्युरोको टोलले विमानस्थलबाट पक्राउ गरेको हो । उनी इथियोपियाबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।‍
मृत भेटिए कलाकार प्रकाश ढकाल 
मृत भेटिए कलाकार प्रकाश ढकाल  धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् ।
रेशम चौधरीको कैद मिनाहाविरुद्धको निवेदनमा आज पनि सुनुवाइ भएन
रेशम चौधरीको कैद मिनाहाविरुद्धको निवेदनमा आज पनि सुनुवाइ भएन टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदन सोमबार पनि ‘हेर्न नभ्याइने’ भएको छ। निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ । न्यायाधीश चुडाल अर्को संयुक्त इजलासमा व्यस्त हुनुपरेकाले एकल इजलासका मुद्दाहरू ‘हेर्न नभ्याइने’मा राखिएका हुन्।  
प्रतिबन्धविरुद्ध टिकटक प्रयोगकर्ता आन्दोलित
प्रतिबन्धविरुद्ध टिकटक प्रयोगकर्ता आन्दोलित गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत पीडित देखिएको उनीहरूले उल्लेख गरेका छन् ।
भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयंसेवक खटाउने
भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयंसेवक खटाउने नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५ टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ । 
टिकटक प्रतिबन्धसम्बधी रिटमा आज सुनुवाइ नहुने
टिकटक प्रतिबन्धसम्बधी रिटमा आज सुनुवाइ नहुने टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।
रुकुम पश्चिममा जीप दुर्घटना, दुईको मृत्यु
रुकुम पश्चिममा जीप दुर्घटना, दुईको मृत्यु रुकुम पश्चिममा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढा छन् ।  
Weather Update