मृत भेटिए कलाकार प्रकाश ढकाल

काठमाडौं— धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो ।
त्रिशूली नदी किनारको खोँचमा ढकालको शव फेला परेको हो । ढकाल स्याङ्जाको चापाकोट नगरपालिका-७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे । उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए ।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोँचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोँचबाट शव बाहिर निकालिएको छ । घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको निधारमा चोट छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० १५:०१