फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल

काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका ७ बजे हुनेछ ।
अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ । नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग ४-० को हार ब्यहोरेको थियो । यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो । त्यसकारण दुवै टीमलाई आजको खेल जित्नुपर्ने दबाब छ ।
फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टीमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ । चार टीममध्ये शीर्ष दुई टीम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।
पुछारका दुई टीमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८० ०७:०३