![हमासले नेपालीलाई बन्धक बनाएको भिडिओ सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/Bipin-Joshi-hamas-1024x624-1700459375.jpg)
काठमाडौं— इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडिओ सार्वजनिक गरेको छ ।
उक्त भिडिओ गाजाको अल सिफा अस्पतालको हो । इजरायली सेनाले सामाजिक सञ्जालमा एक्समा भिडिओ शेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाइ नागरिक हुन् ।
भिडिओमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकाशे निलो रङ्गको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरूको अनुहार भने देखिँदैन । उक्त भिडिओमा हतियार बोकेका व्यक्तिहरू पनि देखिन्छन् ।
यो पनि पढ्नुहोस
हमास समूहको कब्जामा रहेका विपिन जोशी गाजामा सुरक्षित
इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतङ्कवादी’ भएको जनाएको छ । उनीहरूले गाजाको सबैभन्दा ठूलो अल सिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको आरोप पनि इजरायलले लगाएको छ ।
उक्त अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला परेको भन्दै इजरायलले भिडिओ सार्वजनिक गरेको छ । उक्त सुरुङको प्रवेशद्वार माइन र बुलेट प्रुफ युक्त रहेको उल्लेख गरेको छ । गाजा क्षेत्रमा सुरुङ र बङ्करको ठूलो सञ्जाल भएको इजरायलको दाबीलाई हमासले भने खण्डन गर्दै आएको छ ।
यसअघि हमासले बन्धक बनाएका एकजना १९ वर्षीया इजरायली युवतीको शव अल सिफा अस्पताल नजिक फेला परेको थियो । इजरायलको दाबी अनुसार हमासले उनको हत्या गरेको हो । तर हमासले भने इजरायलको हवाई आक्रमणमा परी उनको मृत्यु भएको जनाएको छ ।
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023