News Griha :: न्यूजगृह
मदन पुरस्कार विजेता ओझालाई सम्मान

कैलाली—  २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न सङ्घसंस्थाले सम्मान गरेका छन् ।

ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले सम्मान गरेका हुन् । 

लेखक ओझाका अनुसार ऐँठन एउटा युद्ध उपन्यास हो ।  उनले ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए ।  

लेखक ओझाले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्ययन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरूप दिन पाँच वर्ष लागेको बताए ।

 लेखक ओझाको पहिलो कृति ‘एक पाइला आकाशमा’ गजल सङ्ग्रह २०७० सालमा प्रकाशित भएको थियो । त्यसपछि उनले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखे।    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:५०
Weather Update